धान खेती

परिचय

वैज्ञानिक नाम ओरिजा सेटिभा एल. स्थानीय नाम धान, चामल

वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ। हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो। धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ। संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ। भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन्। चामल एसियाको एक प्रमुख खाद्य हो अनि युगौं पहिला एसियामा धानको खेती गरिएको हामीसँग ऐतिहासिक प्रमाणहरू छन् (पार्थसारथी, १९६० र घोष र अन्य, १९६०)। धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन्।

सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो (दे दत्त, १९८१)। भारतमा हस्थीनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० ख्रीष्टपूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अंगारको स्वरूपमा पाइएको थियो। जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ। यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो। जंगली धान पहिला बंगलादेश, आसाम, उडिस्सा र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ। पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो। त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), अष्ट्रेलिया, युएसए अनि स्पेन, इटाली र फ्रान्सजस्ता दक्षिणी युरोपीय मुलुकहरूमा विस्तार भयो।

सिक्किमका प्रमुख खाद्यान्न बालीहरूमध्ये धान एक हो। सिक्किमलाई ‘डेनजोङ’ –को संज्ञा दिइएको छ, जसको अर्थ ‘धानको उपत्यका’ हो। सिक्किममा धानको प्राचीन पदचिन्ह खुट्याउन गाह्रो छ, तर केही विशेषज्ञहरू सिक्किमसहित सम्पूर्ण पूर्वोत्तर क्षेत्र र चीन धानको देश हुनसक्ने ठान्छन्। सिक्किममा यसलाई थप परिचित गराएपछि १९७० देखि यता व्यापकमात्रामा धानको खेती गरिँदै आएको छ।

प्रयोग तथा महत्त्व

चामल विश्वका जनसंख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको मुख्य खाद्य हो। भारतीय संस्कृतिमा यसको ठूलो महत्त्व छ अनि जन्मदेखि मृत्युसम्म यसको अस्तित्व सधैं रहेकै हुन्छ। चामल पकाएपछि भात, पलाउ, ब्रियानी र अन्य धेरै भोजनको रूपमा खाइन्छ। यसले प्रमुख खाद्यान्न मात्र प्रदान गर्दैन, तर विश्वभरि अतिरिक्त रोजगार पनि सिर्जना गरेको छ। यसका उपोत्पादन (बाइ-प्रोडक्ट) विभिन्न औद्योगिक उत्पादनहरू बनाउन प्रयोग गरिन्छ। खासगरी यसमा च्यापच्यापे तरल पदार्थ (स्राव) –को राम्रो मात्रा हुने हुनाले वस्त्र उद्योगमा यसको प्रयोग गरिन्छ। धानको पराल प्याकिङ गर्न प्रयोग हुन्छ। यो पशुआहारको उत्तम स्रोत हो अनि सोतरको रूपमा पनि उपयोग गर्न सकिन्छ। धानको कनिका भोज्य तेलको एउटा स्रोत हो। यसको भुस कार्डबोर्ड बनाउन पनि प्रयोग गरिन्छ।

पौष्टिक मूल्य

चामलको दानामा स्राव (सेतो च्यापच्यापे तरल पदार्थ) ७५-८० प्रतिशत हुन्छ। गहुँमा भन्दा धानमा प्रोटिनको मात्रा कम हुन्छ, तर यो उत्तम गुणको हुन्छ अनि गहुँको प्रोटिनभन्दा यसलाई शरीरले राम्रोसँग प्रयोग गर्छ। चामलको दाना निम्नलिखित चीजले बनेको हुन्छ:

मिलमा धान कुट्ने

मिलमा धान कुट्दा त्यसबाट भुस र अन्नको कोसा छुट्टिन्छ। मिलमा कुट्ने प्रक्रियामा कनिकाको सतह र अविकसित धानको बियाँ पनि निकालिन्छ। पौष्टिकताको क्षति सौझै घर्षणबाट हुने परिष्कृत वा चमकको अनुपातमा हुन्छ। हातले वा ढिकीमा कुट्दा भिटामिन बी१ –को कम मात्रामा क्षति हुन्छ भने चामलको मोठ भिटामिन बी१ मध्ये मेसिनमा कुट्दा दुई-तिहाई र उसिन्दा एक-तिहाइ भिटामिनको क्षति हुन्छ। पूर्ण रूपमा परिष्कृत गरिएको वा पोलिस हटाएको चामल नियमित रूपमा खानाले थायमिनको कमी हुन्छ अनि बेरीबेरी नामक रोग लाग्छ। मिलमा कुटेको चामलभन्दा उसिनेको चामल धेरै पौष्टिक हुन्छ, किनभने उसिनेको चामललाई धुँदा त्यसबाट पौष्टिक तत्त्वको क्षति कम हुन्छ। पकाएको भात धेरै फुलिन्छ अनि फुर्र हुन्छ तर टाँसिने हुँदैन। भातको यो गुणस्तर चामल कति पुरानो हो भन्ने, उसिनेको चामल, पकाउँदा पानी कति हालिन्छ, पकाउने विधि अर्थात् पानीमा वा भर्साएर पकाउने आदिमाथि भर पर्दछ।

भण्डारनको अवस्था

गर्मी, ओस, कीट र काई वा ढुसीले चर्बीको पानी र हावा घटाउँछ अनि थायमिनको मात्रामा कमी ल्याउँछ। अन्नमा ९ प्रतिशत वा त्यसभन्दा कम ओस भयो भने चर्बीको गन्ध आउँदैन। तर १५ प्रतिशतभन्दा माथि ओस भयो भने अन्नमा किरा र ढुसी लाग्नसक्छ, जसले यसको गुणस्तरलाई असर गर्छ। यद्यपि, ९ प्रतिशत वा त्यसभन्दा कममा धान भण्डारन गरिन्छ भने वायुमण्डलीय चिसोपनको कारणले गर्दा ओसरोधी कन्टेनर र भण्डारनको आवश्यकता पर्दछ। यसले भण्डारन मूल्य बढाउँछ र यो व्यावहारिक रूपमै असम्भव हुन्छ। यसैले, धानको उचित भण्डारन गर्नु छ भने त्यसमा ओसको मात्रा १२ प्रतिशत वा त्यसभन्दा कम हुनुपर्छ।

प्रशोधन तथा भुस निकाल्ने

गाउँमा अझै पनि हातले ढिकीमा कुट्ने प्रचलन आम छ। मिलमा कुटेको धानको तुलनामा ढिकीमा कुटेको चामलमा धेरै पौष्टिक तत्त्व रहन्छ। दुई प्रकारको स्वचालित मेसिनमा धान कुटिन्छ- एउटा हुलर टाइप (भुस निकाल्ने) र सेलर कम पोलिसर टाइप ( भुस निकाल्ने तथा परिष्कृत गर्ने)। पौष्टिक तत्त्वको दृष्टिले पछिल्लो विधि निकै हानिकारक छ किनभने यसप्रकारको मेसिनबाट धान कुट्दा त्यसमा पौष्टिक तत्त्वको ठूलो मात्रामा क्षति हुन्छ।

आनुवंशिक कारण

धानको प्रजाति-प्रजातिअनुसार पोषणको स्थितिमा धेरै फरक पर्दैन, तर विभिन्न नश्ल र सन्तानका धानको जातअनुसार त्यसको पोषण अवस्थामा फरक पर्दछ।

गोडमेलको कारण

गोडमेलको कारण, खासगरी मल र पानीको व्यवस्था ठिकसँग भएन भने कोसा लाग्ने वा दूध पस्ने र त्यसको स्तर छुट्याउने प्रक्रियामा असर पर्छ।

वृद्धि तथा विकास अवस्था

शारीरिक रूपमै धानको जीवन-चक्रलाई तीन खण्डमा विभाजित गरिएको छ, जसबारे निम्नअनुसार चर्चा गरिन्छ: उद्भिद अवस्था: यसका चार अवस्था हुन्छन्, ती हुन्-

बिरुवा अवस्था
बीज टुसाको रूपमा कलिलो बिरुवामा फेरिन्छ, जसमा बीज जरा र स्थायी जरा अनि हरिया पातहरू हुन्छन्। यो बिरुवा १५ दिनसम्म अथवा पहिलो दुई पात नआउञ्जेलसम्म बीजकोषमा संचित रहेको कार्बोहाइड्रेट्समाथि निर्भर रहन्छ। पाँचपात विकसित भएपछि यो चरण सकिन्छ। यस अवधिमा बिरुवाले प्राय: सबै बीजकोषलाई समाप्त गरेर नयाँ बिरुवा निकाल्छ।

बीजारोपण अर्थात् बिरुवा रोपनको अवस्था
यो अवधिले बिरुवा उखेलेर सबै बिरुवालाई फेरि रोपाइँ गर्नेसम्मको पुन: प्राप्तिको अवस्थालाई समेट्दछ। बिरुवा रोपाइँ गरेको चारदेखि दश दिनभित्रमा दोस्रो स्थायी जरा आउँछ अनि यसले माटोबाट पोषकतत्त्वहरू चुस्न थाल्छ र बोटको वृद्धिलाई अघि बढाउँछ। यदि पानीको दह राखेर बिरुवाहरू सावधानीपूर्वक उखेलियो भने बिरुवा उखेल्दा जरामा लाग्ने चोटपटक घटाउन सकिन्छ। यदि धानको बीजलाई सोझै छरियो भने पुन:प्राप्तिको अवस्था आउँदैन अनि उद्भिद विकासको चरण तदनुसार चारदेखि दश दिन घट्छ।

भुइँडाँठ आउने अवस्था
बिरुवा रोपेपछिको दश दिनपछि अत्यधिक भुइँडाँठ पलाउने अवस्था हुन्छ, जो बिरुवा उखेलेर फेरि बीजारोपन गरेको ३५ देखि ४२ दिनभित्रमा आउँछ। साधारणत: तेस्रो वा तृतीयक डाँठ आएपछि बोटले डाँठ निकाल्न बन्द गर्छ। अत्यधिक आँख्ला पलाउने अवस्थामा पुगेपछि बोटमा डाँठको संख्या घट्दै जान्छ।

उद्भिदको मन्द अवस्था
यो अवधि अत्यधिक डाँठ पलाउने र फूलडाँठ शुरु हुने बीचको अवस्था हो, जसमा केही डाँठहरू समय पुगेर मर्छन्। चाँडो पाक्ने धानका प्रजातिहरूमा यो चरण हुँदैन, तर यो लामो समयमा पाक्ने धानमा भने हुन्छ। यो मन्द अवधि अन्य अवधिभन्दा कम हुन्छ। यो उद्भिदको मन्द अवस्थालाई प्रकाशसंश्लेषणप्रतिको संवेदनशील अवस्था पनि भनिन्छ। विशेष प्रकारको प्रकाशसंवेदी प्रजातिहरूमा यो अवधि एक वा दुई महिनासम्म पनि रहन सक्छ। यो मूल उद्भिद अवस्थाको अन्तिम अवधि हो।

फूलडाँठ शुरु हुने अवस्था

यो प्रजनन अवस्थाको शुरुआत हो, जसमा दीर्घम्यादीको प्रजातिहरूमा अत्यधिक डाँठ अवस्था सम्पन्न हुन्छ। यसले अत्यधिक डाँठ पलाउने अवस्थालाई अघि बढाउन वा छोप्न पनि सक्छ। गुबो पसाउने अवस्था अघि लगभग २१ देखि २५ दिनमा यो अवस्था आउँछ तर फूलडाँठको शुरुआती चरण सकिएको एक हप्तापछि मात्र फूल फुलेको थाहा पाउन सकिन्छ।

अन्तरडाँठ बढ्ने अवस्था

फूलडाँठ शुरु हुने अवस्थापछि बोटको मध्यमा रहेको भित्री कोखले अन्तरडाँठ लम्बिने क्रमलाई तीव्रताका साथ बढाउँछ। भुइँडाँठ शुरुआती अवस्थाको लगत्तैपछि बोट लम्बिनु थाल्छ। छिट्टै पाक्ने प्रजातिहरूमा माथिल्लो अन्तरडाँठ लम्बिने क्रम भुइँडाँठ शुरु हुने अवस्थाभन्दा धेरै अघि नै हुनसक्छ। पातको दापभित्र फूलडाँठको विकास शुरु हुँदा यसले वृद्धि अवस्था देखाउँछ।

पसाउने अवस्था

बढ्ने अवस्था सकिएपछि फूलडाँठ वा टुप्पो पसाउन थाल्छ। सबै धानका प्रजातिहरूमा वृद्धिको १५ दिनपछि यो अवस्था आउँछ।

फूल फुल्ने अवस्था

वृद्धि अवस्थाको २०-२५ दिनपछि फूल फुल्न थाल्छ। फूलडाँठमा भएको सबै फूलगुच्छ नफुलेसम्म यो क्रम सफलतापूर्वक जारी रहन्छ। यसपछि पराग हाल्ने र षेचन गर्ने क्रम चल्छ।

पाक्ने अवस्था

बालीले निम्नलिखित चरणहरू पार गरेपछि २५ देखि ३५ दिनको बीचमा धान पाक्ने क्रिया पूरा हुन्छ।

source: http://www.nepalwireless.com.np/wiki/index.php/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s